नियम २१
अभिलेख राख्ने

(१) प्रत्येक संस्था वा संघले आफ्नो काम कारवाही संचालन गर्न देहाय बमोजिमको अभिलेखहरू अद्यावधिक रूपमा राख्नु पर्नेछ :–

(क) अनुसूची–४ बमोजिमको सदस्य दर्ता किताब,
(ख) प्रारम्भिक साधारण सभा, साधारण सभा, विशेष साधारण सभा र समिति, लेखा सम्पत्ति, उपसमितिहरूको छुट्टा छुट्टै कारवाही किताबहरू,

(ग) नगदी वही,
(घ) संस्था वा संघले अरू कुनै व्यक्ति वा संस्था वा संघस“ग कुनै कारोवार गरेको भए सो कारोवार देखाउने दर्ता किताब,
(ङ) शेयर दर्ता किताब,
(च) स्टक दर्ता किताब,
(छ) ऋण लेनदेन दर्ता किताब,
(ज) वेरुजू एवं संपरीक्षण खाता,
(झ) व्यक्तिगत खाता,
(ञ) आम्दानी, खर्च, सम्पत्ति र दायित्व सम्बन्धी अलग–अलग खाताहरू,
(ट) समय–समयमा संचालक समितिले तोकिदिएको अन्य अभिलेख एवं खाताहरू,

(२) प्रत्येक संस्था वा संघले आफ्नो आयव्यय, उत्पादन लागत तथा स्थिति विवरणको प्रतिवेदन अनुसूची–५ बमोजिमको ढा“चामा रजिष्ट्रार वा निजले तोकेको अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।